मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सुदूरपश्चिम पृतनामा कार्यरत ६३ सैनिकलाई कोरोना संक्रमण
  • मार्गरेखा संवाददाता

  • धनगढी — नेपाली सेनाको सुदूरपश्चिम पृतनाको तालिम शिक्षालय रहेको कैलालीको लम्कीस्थित गोरुंगे ब्यारेकमा कार्यरत ६३ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार गरिएको कोभिड–१९ को स्वाब परीक्षणमा ६३ जना सैनिकमा संक्रमण पुष्टि भएको हो ।

    लम्कीचुहा नगरपालिकाको स्वास्थ्य इकाई प्रमुख जयन्ती बिसीकाअनुसार केही दिनअघि त्यहाँ कार्यरत चार जना सैनिकमा कोरोना संक्रमण देखिएपछि अन्य २ सय ४५ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको हो ।

    गोरुंगे ब्यारेक सुदूरपश्चिमको सैनिक तालिम केन्द्र हो ।

  • २२ भाद्र २०७७, सोमबार २०:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित