मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जमा कुटपिट गरी आफ्नै ज्वाइँको हत्या आरोपमा ससुरासहित ५ जना पक्राउ
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज भाद्र २८ । बाँकेमा कुटपिट गरी आफ्नै ज्वाइँको हत्या आरोपमा ससुरासहित ५ जना पक्राउ परेका छन् ।

    नेपालगन्ज उपमहानगरपालिका १७, परस्पुरका २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा सोही उपमहानगरपालिका २०, नटनपुरुवाका नरेश चमारलगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि सिकिस्त भएका थिए । उनलाई उपचारका लागि नर्सिंङ होम नेपालगन्जमा लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पाँचै जनालाई पक्राउ गरेको हो ।

  • २८ भाद्र २०७७, आईतवार १४:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित