मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापालाई कोरोना संक्रमण
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापालाई कोरोना संक्रमण भएको छ । विरामीको उपचार र व्यवस्थापनमा खट्दाखट्दै उनी स्वयं संक्रमित हुन पुगेका हुन् । अस्वस्थ भएपछि सोमवार उनले स्वाब दिएका थिए । मंगलवार रिपोर्ट पोजिटिभ आएको छ ।
    कोरोना देखिएपछि क्वाटरमै आइसोलेशनमा बसेको डा. थापाले जानकारी दिए । कोभिड १९ नियन्त्रण र रोकथामका लागि अग्रणी भूमिकामा रहेका डा. थापाले आफू निको भएर छिट्टै पुनः विरामीको सेवामा फर्कने बताए ।

    तीब्र गतिमा फैलिरहेको कोरोना संक्रमणबाट अछुतो रहन निकै गाह्रो भइरहेको अवस्था आएको भन्दै उनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सबैसँग आग्रह गरे ।

  • ६ आश्विन २०७७, मंगलवार १४:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित