मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा बुधबार ७३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज हुँदै
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज असाेज ७ ।      बाँकेमा एकैदिन ठुलो सँख्यामा कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न आइसोलेशन सेन्टरमा बस्दै आएका ७३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।

    योसँगै बाँकेमा कोरोना मुक्त हुनेको संख्या १ हजार ३ सय ३७ पुगेको छ । अहिले जिल्लाका विभिन्न आइसोलेशन तथा होमआइसोलेशनमा अझैं ३ सय २६ जना संक्रमित उपचाररत छन् ।

    जिल्लामा संक्रमितको संख्या १ हजार ६ सय ७४ पुगेको छ भने ११ जनाको मृत्यु भइसकेको छ । बाँकेमा कोरोना संक्रमितको निको हुने दर ७९ दशमलव ८७ प्रतिशत रहेको छ ।

  • ७ आश्विन २०७७, बुधबार ०९:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित