मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियाकाे बारबर्दिया नगरपालिका ३ का वडाध्यक्ष काेराेना संक्रमितबाट मृत्यु
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज असाेज ७ ।  भेरी अस्पतालमा नेपालगन्जमा    उपचार गराईरहेको एक कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका ३, बानियाभारका ३९ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

    निमोनियाबाट ग्रसीत भएका ति ब्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई गत भदौ २९ गते नेपालगनजको भेरी अस्पतालमा भर्ना गरीएको थियो । बिरामीको अवस्था झनै जटिल बन्दै गएपछि कोरोनाको उपचारकालागि आवश्यक सबै उपाय अवलम्वन गर्दा समेत उनलाई बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जारी गरेको विवरणमा उल्लेख गरीएको छ । उनको उपचारकालागि ४ वटा भेन्टिलेटरको प्रयोग गरीएको थियो । उपचारकै क्रममा बुधबार बिहान १०:३० बजे बिरामीको मृत्यु भएको श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार मृतक बारबर्दिया नगरपालिका ३ का वडाध्यक्ष समेत हुन ।

  • ७ आश्विन २०७७, बुधबार १२:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित