मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

किन नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चित, पदाधिकारी बैठक स्थगित
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चित बनेको छ । चार जना केन्द्रीय सदस्यसँगै केन्द्रीय कार्यालयका केही कर्मचारीहरुमा संक्रमण देखिएपछि कांग्रेसले सोमबारका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक अनिश्चित बनेको हो ।

    आशन्न १४ औं महाधिवेशनको तयारीका बारेमा छलफल गर्न कांग्रेसले सोमबार दिउँसो २ बजे बस्ने गरी पार्टीको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । केही नेताहरुमा कोरोना भाइरसको संक्रमण देखिएका कारण बैठक अनिश्चित बनेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    “केन्द्रीय कार्यसमितिको बैठकका बारेमा दिउँसो छलफल हुन्छ । बस्छ कि बस्दैन अहिले नै भन्न सकिदैन,” उनले लेखाजोखासँग भने । बैठकलाई मध्यनजर गर्दै कांग्रैसले बिहीबार पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोरोना परीक्षण गराएको थियो ।

    कोरोना परीक्षणका लागि स्बाव संक्लन गरिएका दुई ४० जनामध्ये चार जना केन्द्रीय सदस्य र दुई जना केन्द्रीय कार्यालयका कर्मचारीहरुमा संक्रमण देखिएको छ । केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगन थापा तथा आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीमा कोरोना संक्रमण देखिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । संक्रमण देखिएका कर्मचारीहरुको नाम भने खुलाइएको छैन ।

    यसैबीच केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा बोलाएको पदाधिकारी बैठक पनि नबस्ने भएको छ । केन्द्रीय कार्यसमितिका चार सदस्यहरुमा कोरोना भाइरसको संक्रमण देखिएका कारण आइतबारका लागि बोलाइएको पदाधिकारी बैठक नबस्ने भएको हो ।

    सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले आइतबार बिहानका लागि बोलाइएको पदाधिकारी बैठक स्थगित गरिएको पुष्टि गरेका छन् । केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाबारे छलफल गर्न कांग्रेसले आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाएको थियो ।

  • १८ आश्विन २०७७, आईतवार ११:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित