मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेशनमा
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । आइतबार बेलुका ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको नेकपाले जनाएको छ।

    राजनीतिक नियुक्ति र मन्त्रिपरिषद पुनर्गठन लगायतका विषयमा छलफलका लागि बोलाइएको बैठक स्थगित भएको हो । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो।

    प्रधानमन्त्री केपी शर्मा ओलीका तीनजना सल्लाहकार, सचिवालयका कर्मचारी र केही सुरक्षाकर्मीमा कोरोना संक्रमण भएपछि बैठक स्थगित भएको हो।

    प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि आइसोलेशनमा बसेका छन् ।

  • १८ आश्विन २०७७, आईतवार १४:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित