मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेकपा को संसदीय दलले दाङको पक्षमा मतदान गर्न ह्विप,
  • मार्गरेखा संवाददाता

  • प्रदेश राजधानी र नामबारे निर्णय गर्न बसेको प्रदेश ५ को सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको  बैठक सकिएको छ । सोमबार बिहान बुटवलमा बसेको नेकपाको प्रदेशसभाको बैठकले प्रदेशको राजधानी दाङ र नाम लुम्बिनीको प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ ।

    ‘दाङलाई राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्न मुख्यमन्त्री शंकर पोखरेलले ह्विप जारी गर्नुभएको छ,’ नेकपा मुख्य सचेतक भूमिश्वर ढकालले भने । नेकपाका ६० जना प्रदेशसभा सांसद छन् ।
    बैठकले दाङ देउखुरीलाई प्रशासनिक राजधानी बनाउने र लुम्बिनी क्षेत्रलाई आर्थिक र पर्यटकीय राजधानी बनाउने गरी प्रदेश सरकारले कार्यक्रम ल्याउने निर्णय पनि गरेको छ । नेकपाले ह्विप लगाएपछि दाङ राजधानी बन्ने निश्चित भएको छ ।
    ७ बजेको लागि बोलाइए पनि मुख्यमन्त्री शंकर पोखरेल ढिला आएकाले बैठक ११ बजेपछि सुरू भएको थियो । कडा सुरक्षाको बीच बैठक सुरु भएको थियो ।

     

     

  • १९ आश्विन २०७७, सोमबार १३:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित