मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

क्रियटिभ बुक्सले नेपालगञ्जका कानून व्यवसायी लोकबहादुर शाहको जीवन संघर्षको कथा बाहिर ल्याउने
  • मार्गरेखा संवाददाता

  • क्रियटिभ बुक्सले नेपालगञ्जका चर्चित र सफल कानून व्यवसायी लोकबहादुर शाहको जीवन संघर्षको कथा बाहिर ल्याउने तयारीमा छौं ।
    सफल युवा कानून व्यवसायीको परिचय बनाइसकेका अधिवक्ता लोकबहादुर शाहले आफ्नै विगतमाथि लेखेको पुस्तक हो, ‘चौकीदारदेखि वकिलसम्म ।’ सुदूरपश्चिमी पहाड अछामको गरिबी र दुःखले थिचेको विकट गाउँबाट उठेर शाहले फराकिलो क्षितिज पहिल्याउँदाको जीवन संघर्षको कथा पुस्तकमा उतार्नु भएको छ ।
    छाउपडी प्रथा, हटारु जीवनशैली र भारतको चौकीदारीको आफ्नै अनुभूति मात्र होइन, उहाँले व्यवसायिक संघर्षका उतारचढावका संस्मरणहरु पनि समेट्नु भएको छ । अछामको तत्कालिन शान्तडा–३, सारागाउँमा जन्मिनु भएका अधिवक्ता शाहले मेलारुखको नेराप्राविबाट अध्ययन शुरु गर्नुभयो । २०४६ सालमा एसएलसी पास गरेपछि सुर्खेतमा आइएल पढ्नु भएका शाहले त्यसपछिको पढाई नेपालगञ्जबाट गर्नुभयो । २०५१ सालमा नेपालगञ्ज पढ्न आउनु भएका शाह यहीको स्थायी बासिन्दा हुनुभयो ।
    एसएलसी पास भएपछि भारतको बम्बईमा दाजुहरुसँग चौकीदार गर्न गएको, नेपालगञ्जमा १८ वर्षको डेराको यात्रा, पहिलो बहस गर्दाको अवस्था, परिपक्व वकिल देखिन कालो कोट र जुँगा पालेका सम्झनाहरु कितावमा पढ्न पाइन्छन् । बराबरी मत आएपछि गोलाप्रथाबाट बारको अध्यक्ष हुनु भएका शाह गणित विषय छल्न कानुन बिषय पढ्नु भएको थियो । गणित पढ्न नपरोस् भनेर कानुन पढेका शाह कालान्तरमा नेपालगञ्जको मात्रै नभएर देशकै चर्चित कानूनी व्यवसायी बन्न सफल हुनु भएको छ । पुस्तकमा उहाँका दुःख र संघर्षहरु उतारिएको छ । पत्रकार जनक नेपाल र कुमार श्रेष्ठले पुस्तकको सम्पादन गर्नु भएको हो ।
    दुःखको चौघेरा पन्छाएर सफलताको सिढी चढ्न खोज्ने युवा पुस्ताका लागि पुस्तक प्रेरणादायी हुने हामीले विश्वास लिएका छौं । पुस्तक यही असोज महिनाको अन्तिममा बजारमा पठाउने तयारी गरेको कुरा क्रियटिभ बुक्सका टिएस ठकुरी जनाएका छन ।

  • २० आश्विन २०७७, मंगलवार १६:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित