सत्तारुढ दल नेकपाको विवाद केन्द्र र प्रदेशमा मात्र सिमित नभएर गाँउ गाँउसम्म पुगेको छ । केन्द्रमा देखिएको विवाद समाधान हुने भन्दा प्रदेश हुँदै गाँउ गाँउसम्म पुगेको छ । यसले पार्टीभित्रको विवादलाई समाधान गर्ने भन्दा झनै चर्काउने देखिएको छ ।
वैशाखदेखि केन्द्रमा देखिएको किचलो पछिल्लो पटक कर्णाली र पर्सामा भिडन्तकै अवस्थामा पुग्यो । पर्सामा त भौतिक आक्रमणमा नै उत्रिए दुईवटा समुह । अहिले सिमित प्रदेश र गाँउमा देखिएको किचलो क्रमशः फैलिँदै जाने नेताहरुले बताएका छन् । उनले मन्त्री तथा राजनीतिक नियुक्तिका कारण उत्पन्न असन्तुष्टिमा प्रदेश र स्थानीयस्तरमा भएको घटना जोडिन आइपुगेको बताए ।
पर्सामा दुई पक्ष बीचमा झडप हुँदा एक जनाको मृत्यु भयो । मृत्यु हुनेमा पूर्वमाओवादीका नेता कार्यकर्ता परे । तर सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीको निर्देशनमा जाहेरी नलिएको भन्दै विगत ६ दिनदेखि नेकपाका नेताहरु आन्दोलनमा छन् ।
पर्सा घटनाको विषयमा पनि अध्यक्ष पुष्पकमल दाहाल र नेपाल दुवैले जाहेरी नलिनु आश्चर्यजनक भएको भन्दै विरोधमा छन् । प्रदेश नम्बर २ का दाहाल र नेपाल निकट ३७ जना केन्द्रीय सदस्यले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै विज्ञप्ति निकालेका छन् ।