मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोरोनाबाट नेपालगन्ज उपमहानगरपालिका वडा सदस्य काे मृत्यु
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का वडा सदस्य शान्तिदेवी परियारको मृत्यु भएको छ ।
    शंका लागेपछि कात्तिक ३ गते स्वाव परीक्षण गराउनु भएकी ६७ वर्षीया वडा सदस्य परियारलाई भोलीपल्ट कोरोना पुष्टि भएको थियो ।
    कोरोना पुष्टि भएपछि भेरी अस्पतालमा निरन्तर उपचार गराइरहनु भएकी वडा सदस्य परियारको सोमबार विहान साढे दश बजे मृत्यु भएको छ ।
    योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
    यसैबीच, नेपाली कांग्रेस, बाँकेकी सभापति किरण कोइरालाले निर्वाचित वडा सदस्य र नेपाली कांग्रेसकी नेतृ परियारको निधनले पार्टीमा ठूलो क्षति पुगेको बताउनु भएको छ ।

  • १७ कार्तिक २०७७, सोमबार १४:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित