संसदीय दलबाट निर्देशन नभएपनि दुवै पक्षका नेताहरुले आ आफ्नो तरिकाले सांसदहरुलाई काठमाडौं आउन निर्देशन दिएका हुन् । अधिकांश सांसदहरु आज बेलुकासम्म काठमाडौं आईपुग्ने एक सांसदले देशान्तरलाई जानकारी दिए । उनले भने ‘अहिले संसद नभएकाले दशैं अघि जिल्लामा आएका थियाैं, संसद पनि छैन यस्ताेमा यतै बस्ने भनेकाे पार्टीका नेताहरुबाट काठमाडाैं आउन भनिएकाे छ । त्यसका लागि म काठमाडाैं आउँदै छु ।’ नबाेलाएकाे भए तिहार पछि मात्रै काठमाडाैं आउने याेजना बनाएकाे पनि ति सांसद्ले बताए ।दुवै अध्यक्षले आफ्ना पक्षका नेताहरुसँग जुनशुकै बेला पार्टीमा दुर्घटना हुने बताइरहेका बेला सांसदहरुलाई काठमाडौं आउन निर्देशन दिनुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । एक सांसदका अनुसार संसद वैठक बोलाउनका लागि निवेदन दिने तयारी पनि भइरहेको छ ।
संसद अधिवेशन शुरु भयो भने प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजानेगरि तयारी भइरहेको पनि ती सांसदले जानकारी दिए ।
प्रचण्ड र माधव नेपाल पक्ष अहिले एक ठाउँमा देखिएको छ । प्रचण्डले सरकारले पार्टीले दिएको निर्देशन अनुसार सरकार नचलेको आरोप लगाउँदै आएका छन् भने केपी पक्षले प्रचण्डले पार्टी र आफूहरुले सरकारको काम गर्न पाउनुपर्ने बताउँदै आएका छन् ।