मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेकाे खजुरा गाउँपालिका ८ वटै वडाका कृषि समूहका १०४ किसानलाई पावर टिलर बितरण
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, २४ कार्तिक१०४ जना किसानलाई पावर टिलर वितरण ः खजुरा गाउँपालिका कृषि शाखाले ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरेको छ । खजुरा गाउँपालिका ८ वटै वडाका कृषि समूहमा आवद्व भएका र अन्य नभएका दुबै कृषक १०४ जनालाई आज गाउँपालिकाको केन्द्र बि गाउँमा आयोजित एक कार्यक्रममा मिनी पावर टिलर वितरण गरिएको हो । खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति, उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, कृषि शाखा प्रमुख पुनम पोखरेलले किसानलाइ पावर टिलर संयुक्तरुपमा वितरण गरेका हुन । सो अवसरमा बोल्दै पालिका प्रमुख कक्षपतिले कृषिको आधुनिकीकरण, व्यवसायिककरण र यान्त्रिकिकरणमार्फत खजुरालाइ आत्मनिर्भर गराउने बताए । उनले विदेशबाट फर्किएका युवाहरूलाई विना धितो सहुलियत ऋण उपलब्ध गराउन बैंक संग सहकार्य भैरहेको जानकारी दिए । कार्यक्रममा उपप्रमुख एकमाया विकले प्राप्त गरेका कृषि उपकरणको सही सदुपयोग गरि कृषिमा आत्मनिर्भर हुन आग्रह गरिन । प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले पालिकाले कृषिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि सारेको बताए । कृषि शाखा प्रमुख पुनम पोखरेलले कृषकको ५० प्रतिशत २६ हजार २५० र बाँकी पालिकाको लगानीमा अपनत्व हुने गरि कृषियन्त्र वितरण गरिएको बताइन ।

  • २४ कार्तिक २०७७, सोमबार १८:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित