मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अमेरिकी र जर्मन कम्पनीले संयुक्त रुपमा कोरोनाविरुध्द खोप बनाए
  • मार्गरेखा संवाददाता

  • विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९विरुद्धको खोप विकासमा धेरै मुलुक र कम्पनीहरु लागि परिरहेका छन् । त्यस्ता कम्पनीहरुको सूचीमा अमेरिकी कम्पनी पिफाईजर र जर्मन कम्पनी बायोएनटेक पनि छन् ।

    यी दुई कम्पनीहरु संयुक्त रुपमा कोरोना खोप विकासका लागि महिनौदेखि सक्रिय छन् । आज यी कम्पनीहरुले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुले विकास गरिरहेको खोपको ट्रायल (परिक्षण) सम्बन्धी नतिजाका बारेमा जानकारी दिएका छन् । उक्त खोप कोरोना संक्रमितहरुमा ९० प्रतिशतसम्म प्रभावकारी रहेको उनीहरुले दाबी गरेका छन् ।

    निमायक संस्थाहरुले ट्रायलमा कम्तीमा ५० प्रतिशत प्रभावकारी देखिने खोपलाई मान्यता दिने बताइसकेका छन् । पिफाईजर र बायोएनटेकले आफुहरुले विकास गरेको खोपको प्रयोगले मानव स्वास्थ्यमा कुनै पनि नकारात्मक प्रभाव नरहेको पनि दाबी गरेको छ ।

    ‘वैज्ञानिक अन्वेषणमा आजको दिन विशेष दिन हो । हामीले सञ्चालन गरेको तेस्रो चरणको ट्रायलको नतिजाले यो खोप सफल हुने देखिएको छ । यस खोपले कोरोना संक्रमण रोक्ने विश्वास लिएका छौ,’ पिफाइजरका अध्यक्ष अल्बर्ट बोउरलाले भने ।

    तेस्रो चरणको ट्रायलका लागि ४३ हजार भन्दा बढी मानिसहरुलाई संलग्न गराइएको थियो । (द गार्डियनबाट

  • २४ कार्तिक २०७७, सोमबार १९:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित