मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जाजरकाेटमा काँग्रेस प्रवेशको लहर,
  • मार्गरेखा संवाददाता

  • सत्तारुढ नेकपा परित्याग गरेर काँग्रेसमा प्रवेश गर्नेको लहर नै चलेको छ । केही समय अघि पाँच सय बढी नेकपाका कार्यकर्ता काँग्रेसमा प्रवेश गरिसकेका छन् । सोमवार भेरी नगरपालिका १२ जगतिपुरका नेकपाका नेता गणेश मल्ल सहित १२ भन्दा बढी नेकपाका कार्यकर्ता काँगेसमा प्रवेश गरेका छन् ।

     

    नवप्रवेशीलाई नेपाली काँग्रेसका नेता राजिव विक्रम शाहले पार्टी कार्यालयमा अविराबरण र फुलमाला सहित स्वागत गरेका छन् । नेपाली काँग्रेसका कोषाध्यक्ष तेजविक्रम शाहको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेता शाहले काँग्रेस प्रवेश गर्नेको लहर नै चलेको बताए । स्थानिय, प्रदेश र संघिय सरकार नेकपाकै छ । चुनावको बेला यो गछौ त्यो गछौ भनेर जनतालाई झुक्याएको अहिले प्रष्ट हुँदैछ । सधै काँग्रेस खराब पार्टी भन्ने कम्युनिष्टहरुको असली रुप अहिले देखिएको उनले बताए ।

     

    ‘हिजो खान नपाउनेहरु अहिले महलमा बस्छन् । नेताहरु कमाउ धन्दामा लागेका छन् । आफ्ना छोराछोरी अमेरिका लगायतका देशका महँगा कलेजहरुमा पढाउँछन् तर हिजो युद्ध लडेका सोझा साझा कार्यकर्ताको हालत के छ कहिल्यै फर्केर हेरेनन् । त्यहि भएर नेकपामा चरम असन्तुष्टि बढ्दै गएको छ । त्यही असन्तुष्टिका कारण काँग्रेस प्रवेश गर्नेकोे लहर नै चलेको हो । काँग्रेसले यसलाई अवसरको रुपमा लिनु पर्छ । काँग्रेस जनतालाई झुक्याउने ठग्ने पार्टी होइन’ उनले भने तपाईले जिताएका नेताहरुले के गरे ?। कार्यक्रममा नेता मुक्तिप्रसाद आचार्य, धनसरा शाही, नपप्रवेशी गणेश मल्ल लगायतले आफ्नो धारणा राखेका थिए ।

    को को  गरे प्रवेश
    नेकपाका गणेश मल्ल, धनवीर मल्ल, हस्तबहादुर मल्ल, चन्द्रकला मल्ल, जोखे भनारी, नानकला भनारी, गोविन्द मल्ल, मदमी लुहार, तुलसी वर, बालकुमारी लुहार लगायतका कार्यकर्ताले नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । तत्कालिन माओवादी जनसत्तामा वडाजनसरकार प्रमुख रहेका मल्लले कम्युनिष्ट पार्टी नाममा मात्र रहेको र जनतालाई धोका दिएर नेताहरु कमाउ धन्दामा लागेकाले आफुले नेकपा छोडेको बताए । उनले जनताले नेकपालाई काम गर्ने अवसर दिएपनि काम गर्न नसकेको आरोप लगाए ।

  • २५ कार्तिक २०७७, मंगलवार ०८:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित