मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेकाे  खजुरागाउँपालिकामा सहुलियतपुर्ण कर्जाका लागि सम्झौता
  • मार्गरेखा संवाददाता

  • राष्ट्रिय बाणिज्य बैंक र खजुरा गाउँपालिका वीच सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानमा सम्झौतामा हस्ताक्षर भएको छ । खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति र रा बा बैंकका लुम्बिनी प्रदेश प्रमुख आनन्द सुवेदीले सम्झौतामा हस्ताक्षर गरेका हुन । विभिन्न ७ शीर्षकमा प्रवाह गरिने सहुलियत कर्जा अब खजुरा गाउँपालिका क्षेत्रभित्रका करीब १ सय युवाहरूलाई पालिकाको सिफारिसमा प्रदान गरिने छ । खजुरा गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बिना धितो सहुलियत कर्जा प्रदान गर्ने नीति अवलम्बन गरेको थियो । कृषि तथा पशुपालन, सीपमूलक र उत्पादन गायतका क्षेत्रमा लगानीका लागि सिफारिस गरिने पालिकाले जनाएको छ ।
    सहुलियत कर्जा महिला उधमीका लागि १ दशमलव ६ र अन्य कर्जामा २ दशमलव ६ प्रतिशत रहेको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै पालिका प्रमुख कक्षपतिले स्थानीय सरकार जमानी बसेर प्रवाह गरिने सहुलियत कर्जाको लागि भोलीदेखी नै कार्यान्वयनमा जाने बताए । राष्ट्रिय बाणिज्य बैंक लुम्बिनी प्रदेश प्रमुख आनन्द सुबेदीले निर्वाहमुखी नभई व्यवसायिकरणमा जानका निम्ति सहुलियतपूर्ण कर्जा दिने गरेको बताए । खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले सीपको पहिचान गर्दै उत्पादनमा जोडन सहुलियतपूर्ण कर्जा रहेको बताइन् । रा बा बैंक कृषि रिण अधिकृत रोशन सुवेदीले ७ शीर्षकमा प्रदान गर्ने सहुलियतपूर्ण कर्जाबारे जानकारी दिदै ब्याज जोगाउनु नै व्यवसायीको लागि ठूलो उपलब्धि हुने बताए ।

  • २५ कार्तिक २०७७, मंगलवार १८:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित