मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दाङमा चितुवाको छाला सहित दुईजना पक्राउ परेका छन्
  • मार्गरेखा संवाददाता

  • दाङ – दाङमा चितुवाको छाला र लागुऔषध अफिमसहित दुईजना पक्राउ परेका छन् ।

    घोराही उपमहानगरपालिका वडा नं. ८ बनगाउँबाट चितुवाको छाला र लागुऔषध अफिमसहित घोराही उप–महानगरपालिका वडा नं. १२ निवासी २६ वर्षीय मधु डाँगी, नौबहिनी गाउँपालिका वडा नं. ५ प्यूठान निवासी २७ वर्षीय धनसिंह टमटालाई प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरुको साथ बाट ३ किलो ७५० ग्राम लागुऔषध अफिम र पुच्छरसहितको लम्बाई ६ फिट ११ ईन्च लामो चितुवाको छालासहित दुईजनालाई पक्राउ गरि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिए ।

  • २६ कार्तिक २०७७, बुधबार १४:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित