मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बझाङ कारागारबाट कोरोना पोजेटिभ विप्लवका कार्यकर्ता फरार
  • मार्गरेखा संवाददाता

  • बझाङ कारागारबाट विप्लव समूहका एक कार्यकर्ता भाग्न सफल भएका छन् । बुधबार जिल्ला सदरमुकाम चैनपुरमा रहेको कारागारबाट छविस पाथिभेरा गाउँपालिका वडा नम्बर ५ का प्रविन धामी फरार भएका हुन् ।
    राष्ट्रिय सार्वजनिक सम्पदा विरुद्घको कसुरमा सजाय भोगीरहेका धामी बुधबार बिहान  कारागारको आइसोलेन कक्षबाट  फरार रहेको बझाङ कारागार जेलर झलक रोकायाले जानकारी दिए । कोरोना पोजेटिभ भएकाले उनलाई कारागारको आइसोलेन कक्षमा राखिएको थियो । सो मौका छोपी धामी फरार भएको उनको भनाइ छ ।

    विप्लव समूहको नेकपाका कार्यकर्ता धामीलाई प्रहरीले यही कात्तिक १८ गते पक्राउ गरी हिरासतमा राखेको नवौ दिनमा फरार भएका हुन् ।
  • २६ कार्तिक २०७७, बुधबार १४:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित