बिहान कफीको सेवनले सक्रिय र शक्ति थपिएको अनुभव हुन्छ । कफीमा हुने क्याफिनले मस्तिष्कको बे्रन सेलहरुलाई सक्रिय बनाउँछ ।
ब्रिटिश जर्नल अफ न्युट्रिशनमा प्रकाशित उक्त अनुसन्धानमा ३० जना व्यक्तिहरु सामेल थिए । जसको औसत उमेर २१ थियो । अनुसन्धानको सिलसिलामा यी मानिसहरुलाई ३ समूहमा विभाजन गरिएको थियो । र रातको अधुरो निन्द्राका कारण हुने आलस्यबाट छुटकारा पाउनका लागि विभिन्न प्रकारका पेयपदार्थ दिइएको थियो । कुनै चिनी भएको पेय पदार्थ दिइयो, कुनै स्ट्रोङ कफी । बिहानको खाजाभन्दा पहिले कफी पिउनेको शरीरमा ५० प्रतिशतभन्दा बढी ब्लड सुगर बढेको भेटियो ।
वैज्ञानिकका अनुसार खाली पेटमा लगातार कफी पिउने बानीले शरीरमा असर पुर्याउँछ । तर विशेषतः मुटुमा असर पर्छ । यसका साथै, इन्सुलिन रेस्पोन्स पनि प्रभावित हुन जान्छ ।