काठमाडौं : सत्तारुढ नेकपाको विवाद चरम उत्कर्षमा पुगेपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली अन्तत गलेका छन् । पार्टी सचिवालय बैठक टार्दै आएका ओली अन्तत आज दिउँसो १ बस्ने बैठकमा सहभागी हुने भएका छन् ।
ओली आज दिउँसो १ बजे बस्ने सचिवालय बैठकको समयमै मन्त्रिपरिषद् बैठक बोलाएका थिए । तर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले १ बजे जसरी पनि सचिवालय बैठक बस्ने भएपछि ओलीले आफु पनि बैठकमा सहभागी हुने महासचिव विष्णु पौडेलमार्फत खबर पठाएका छन् । ‘दाहाल र नेपाललाई १ बजे सचिवालय बैठक बस्ने जानकारी ओलीले महासचिव पौडेलमार्फत पठाउनु भएको छ’ ओली निकट एक नेताले भने ‘आज १ बजे बस्ने सचिवालय बैठकमा ओली सहभागी हुनुहुन्छ । मन्त्रिपरिषद् बैठक भने साढे २ बजे बस्ने तयारी छ ।’