मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेका सिडीयो कुरुम्वांङ र नेपालगन्जका उपमेयर थापाद्धारा प्लाज्मा दान गरेन
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, मंसिर १२ गते ।  बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमवाङ र नेपालगन्ज उपमहानगरका उपमेयर उमाथापामगरले शुक्रवार प्लाज्मा दान गर्नु भएको छ ।
    यसअघि संक्रमितको उपचार, पीसीआर परीक्षण, आइसोलेसन वार्डको निर्माणदेखि शव व्यवस्थापनमा समेत आफै प्रत्यक्ष संलग्न रहँदै आउनु भएका बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुमवाङ   र  नेपालगन्ज उपमहानगरका उपमेयर उमाथापामगरले   शुुुुक्रबार  संक्रमित  लागि प्लाज्मा आवश्यक परेपछि प्लाज्मा दान  गरेेेका  छन।
    कोभिड १९ विरुद्धको अभियानमा खटिंदा संक्रमित समेत हुनु भएर निको हुनुभएका प्रजिअ कुरुमवाङ र उपमेयर थापाले एण्टिबडी परीक्षण गराउँदा उहाँको शरिरमा एण्टिबडी तयार भैसकेको रिपोर्ट आएकोले उहाँले प्लाज्मा दान गर्नुभएको रक्त सञ्चार केन्द्रले जनाएको छ ।

    जिल्लाको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेसन वार्डमा उपचार गराईरहनु भएका ८७ जना मध्ये ३९ जनाको अवस्था निकै जटिल र गम्भीर बिरामीहरूलाई  प्लाज्मा  आवश्यक  परेकाे छ।

  • १२ मंसिर २०७७, शुक्रबार २१:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित