मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

डाेटीमा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्युु
  • मार्गरेखा संवाददाता

  • डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका-७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नम्बरको महेन्द्रा जिप शनिबार राति दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिनुभयोदुर्घटनामा परेर बोगटन फुड्सिल गाउँपालिका(७ का वडा सचिव मञ्जु त्रिपाठी, पडउऊकी सासू करिब ५५ वर्षीया नाम नखुलेको, केआइसिंह गाउँपालिका(४ बस्ने करिब ४० वर्षीय हरिनारायण भट्टको ज्यान गएको हो ।घुर्टनामा परी घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ का करिब ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका–१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी तथा नाम नखुलेका अन्दाजी तीन वर्षका एक बालक छन् ।

    दुर्घटनामा परी ज्यान गुमाउने तथा घाइते भएकाहरुको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट गए रातिनै प्रहरी निरीक्षक रविन्द्र चन्दको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

  • २१ मंसिर २०७७, आईतवार ०७:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित