मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मोरङमा एक शिक्षकको गाली हानी हत्या
  • मार्गरेखा संवाददाता

  • मोरङमा एक शिक्षकको गाली हानी हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो । हत्या गर्नेको पहिचान नखुले पनि प्रहरीले हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहको संलग्नताको आशंका गरेको छ ।

    शिक्षक श्रेष्ठलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर हत्या गरेको प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । बिहान सवा ६ बजेतिर चार पाँचजनाको संख्यामा आएको एक समूहले शिक्षकलाई घरबाट लगेको र घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर हत्या गरेको प्रहरीको भनाइ छ । शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेको छ ।

    घटनाको जानकारी पाउन साथ प्रहरी घटनास्थल तर्फ गएको र घटना स्थल पुग्न तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ । बिहान शिक्षक अपहरणमा परेको जानकारी प्रहरीलाई आएको केही समयमानै हत्या भएको प्रहरीले जनाएको छ ।

    घटनामा विप्लव समुहको संलग्नताको आसंका गरिए पनि सो समुहबाट कुनै प्रतिक्रिया आएको छैन ।

  • २३ मंसिर २०७७, मंगलवार १२:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित