मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

संविधानविरोधी र हिंसात्मक गतिविधि गर्नेविरुद्ध एकजुट बनौं प्रधानमन्त्री केपी शर्मा ओली
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधिमा लागेका समूहको विरोधमा एकजुट हुन आग्रह गरेका छन् ।

    पछिल्लो समय राजावादीहरुले राजसंस्थाको माग गर्दै सडक आन्दोलन गरिरहेको र पूर्वमाओवादीको विद्रोही समूह नेत्रविक्रम चन्द्र विप्लवले हिंसात्मक गतिविधि गरिरहेका छन् । सरकारले विप्लव समूहलाई प्रतिबन्ध समेत लगाएको छ ।

    पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न असफल भएका प्रधानमन्त्री ओली राजवादी र विप्लव समूहसँग त्रसित मनिस्थितिमा रहेको देखिन्छ । उनको त्रसित मनस्थितिबाट नै मंगलबार यस्तो अभिव्यक्ति आएको अनुमान गरिएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको सर्वदलीय बैठकमा उनले संविधानविरोधी र हिंसात्मक गतिविधिमा लागेका समूहको विरोधमा एकजुट हुन आग्रह गरेका हुन् ।

    बैठकमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरुलाई स्वागत गर्ने क्रममा प्रधानमन्त्री ओलीले प्राप्त उपलब्धीहरूको रक्षाका लागि संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैलाई आग्रह गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    उनकाअनुसार प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आयोजना गर्नुपर्ने उद्देश्यमाथि प्रकाश पार्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड– १९ को नियन्त्रणका लागि पनि एकजुट हुन आग्रह गरेका छन् ।

    प्रधानमन्त्री ओलीको आह्वानमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बालुवाटारमा जारी छ । गणतन्त्र र संघीयताविरोधी शक्तिहरु सल्बलाउन थालेपछि प्रधानमन्त्री ओलीले सामसामयिक राजनीतिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।

  • २३ मंसिर २०७७, मंगलवार १२:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित