मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेसले सरकारविरुद्ध मंसिर २९ गते गर्न लागेको देशव्यापी प्रदर्शनमा नेपाल तरुण दलले सम्पुर्ण शक्ती लगाउने
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले मंसिर २९ गते हुन गइरहेको देशव्यापी विरोध प्रदर्शनलाई सफल बनाउन मातहतलाई निर्देशन दिएको छ ।

    अध्यक्ष जीतजंग बस्नेतले मंगलबार परिपत्र गरेर मातहतलाई माउ पार्टी कांग्रेसले सरकारविरुद्ध मंसिर २९ गते गर्न लागेको देशव्यापी प्रदर्शनलाई सफल बनाउन निर्देशन दिएका हुन् ।

    उनले ७७ वटै जिल्लामा गर्ने विरोध प्रदर्शनलाई भव्य रुपमा सफल पार्न तरुण दलका जिल्ला समितिहरुलाई कांग्रेस जिल्ला कार्यसमितिसँग समन्वय गरि आफू र आफू मातहतका सम्पूर्ण समितिहरुलाई क्रियाशील र परिचालन गरि व्यापक सहभागिता गराउन भनेका छन् ।

    मंसिर १९ गते सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले मंसिर २९ गते सरकारविरुद्ध ७७ वटै जिल्लाहरुमा विरोध प्रदर्शनको निर्णय गरेको छ ।

    तनहुँमा मंसिर १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी व्यवहारलगायत देशका विभिन्न भागमा पटक(पटक सरकारबाट गरिएका विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड(१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचारदेखि अनेकौं भ्रष्टाचार काण्ड र बेथितिविरुद्ध विरोध प्रदर्शन गरिन लागेको कांग्रेसको भनाइ छ ।

    [contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

  • २३ मंसिर २०७७, मंगलवार १३:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित