मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कञ्चनपुरमा निर्माण कार्य अलपत्र छाडेको भन्दै स्थानीयले ठेकेदार  (निर्माण व्यवसायी) को फोटो चोक चोकमा सार्बजनिक
  • मार्गरेखा संवाददाता

  • कञ्चनपुरमा निर्माण कार्य अलपत्र छाडेको भन्दै स्थानीयले ठेकेदार  (निर्माण व्यवसायी) को फोटो चोक चोकमा टाँसेका छन्।

    हुलाकी सडक निर्माण कार्य अलपत्र छोडेर ठेकेदार हराएको भन्दै स्थानीयले ठेकेदारको फोटो बेलौरीको चोक चोकमा टाँसेका छन्।

    सम्झौतामा उल्लेख गरेको निर्माण सम्पन्न गर्ने म्याद सकिएको लामो समय सम्म पनि काम पूरा नभएकाले ठेकेदारको फोटो सार्वजनिक स्थानमा टाँसेको स्थानीयले बताएका छन्।

    लामो समय सम्म पनि काम नभएपछि उक्त सडक निर्माणको ठेक्का पाएको सिद्धी शाही प्रकाश कन्सट्रक्सनका सञ्चालक चक्रदिप शाही र उनका नजिकका पट्के ठेकेदारका फोटो सार्वजनिक स्थानमा टाँसेको स्थानीयले बताए।

    २०७२ सालमा निर्माण सुरु भएको कञ्चनपुरको डोकेबजार–कालिका–बेलौरी–बेल्डाँडी–दैजी हुँदै महेन्द्रनगर जोड्ने हुलाकी सडक अहिलेसम्म कालोपत्रे भएको छैन।

    अहिले उक्त सडकको निर्माण कार्य ठप्प छ। ‘दसैँपछि ठेकेदार देखिन पनि छाडेका छन,’ स्थानीय खडक शाहले भने ‘काम गतवर्ष नै सक्नुपर्ने हो तर थपेको म्याद पनि सकिँदा पनि ठेकेदारलाई मतलब छैन।’

    स्थानीयका अनुसार बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर सडकमा ४ किलोमिटर पनि काम भएको छैन।

    हुलाकी सडक योजना कार्यालय धनगढीका सूचना अधिकारी पदमबहादुर मडैले दसैँपछि निर्माण कम्पनी सडकको काममा नफर्किएको बताए। उनले गत मंसिरमा नै योजनाको म्याद सकिएको बताए। देशसंचारबाट सभार

  • २५ मंसिर २०७७, बिहीबार ०९:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित