मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

किन पितृका नाममा शतबीज छरिन्छ
  • मार्गरेखा संवाददाता

  • शिवालयहरुमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी पशुपतिलगायत देशभरका शिवालयमा दीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छरेर यो पर्व मनाउने गरिन्छ ।

    मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान गर्ने भक्तजनको भीड लाग्ने पशुपति क्षेत्र यस वर्ष तुलनात्मक रुपमा कम भक्तजन मात्रै पुगेका छन् ।

    बालाचतुर्दशीको अघिल्लो रात हिजो दिवङ्गत पितृका नाममा दीप दान गरिने मेला भने यो विर्ष पशुपतिमा नलागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    बालाचतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यस वर्ष दीपदान नगर्न अनुरोध गरेको थियो । आइतबार विहान शतबीज छर्न भने मन्दिरको मुख्य क्षेत्र कैलाशडाँडामा निषेध गरिएपनि मृगस्थली, गुह्येश्वरी र गौरीघाट क्षेत्रमा भने खुला गरिएको थियो ।

    परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक सय आठ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

    बालाचतुर्दशीका दिन शिवालयमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ ।

  • २८ मंसिर २०७७, आईतवार १०:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित