मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यात थुनामा
  • मार्गरेखा संवाददाता

  • विषेश अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा दोषी देखाउँदै विशेष अदालतले
    आइतबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका उपरजिस्ट्रार पुष्पराज पाण्डेयले रातोपाटीलाई जानकारी दिए ।

    भूमिसुधार मन्त्रालयको सचिव भएका  बेला सरकारी जग्गा हिनामिनामा उनको भूमिका रहेको आरोप छ । ९ करोड ६५ लाख रुपैयाँ विगो माग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो ।

    उनलाई आजै डिल्लीबजार कारागार पठाइएको छ

  • २८ मंसिर २०७७, आईतवार २०:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित