मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मैले उसबेला नै भनेको थिएँ कम्युनिष्टले जितेमा हास्न पनि पाइँदैन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अत्याचार र गैरजिम्मेवार क्रियाकलाप जारी राखेपछि सडकमा आउन बाध्य भएको बताएका छन् ।

    सरकारविरुद्ध कांग्रेसले घोषणा गरेको विरोध सभामा सहभागी हुन मकवानपुरको हेटौँडा पुगेका सभापति देउवाले ओली सरकारको गैरजिम्मेवारीपनका कारण राजा आऊ देश बचाऊ भन्ने नारा लाग्दासमेत सरकार भने त्यसमै घिउ थप्न लागिरहेको बताए ।

    वास्तवमा यो कोरोनाको महामारीको समयमा सडकमा भेला गराएर जनतालाई संक्रमित बनाउने हाम्रो इच्छा होइन । यो बाध्यात्मक अवस्था हो,” देउवाले भने, “हामीले विज्ञप्ति जारी गरेर विरोध गर्दा केही गरेन भन्ने सडकमा निस्कँदा कांग्रेसले यस्तो गर्‍यो भन्ने काम हुँदैछ ।”

    उनले यस्तो बाध्यात्मक अवस्थामा सरकारले पुर्‍याएको भन्दै यस्तो बेला पनि जनतालाई सडकमा साथ लिनुपरेकोमा माफी मागेका थिए ।

    “मैले उसबेला नै भनेको थिएँ कम्युनिष्टले जितेमा हास्न पनि पाइँदैन दिल खोलेर रून पनि पाइँदैन,” सभालाई सम्बोधन गर्दै देउवाले भने, “आज हेर्नुस् त वास्तवमा कम्युनिष्ट सरकारले एकदलीय शासन जस्तो गरिरहेको छ, जनता भोक र रोगले मरिरहँदा ओली भाषणमा सरकारको प्रगति देखेर अरू आत्तिएँ भन्दै बसेका छन् ।”
    उनले कोरोनाको महामारीमा पनि भ्रष्टाचार गर्ने विश्वकै उदाहरण ओली सरकार भएको भन्दै ओली सरकार आएपछि भ्रष्टाचार, बलात्कार, हत्या र कुशासन चलिरहेको बताए ।

    “ओली सरकार आएपछि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । अपराध र भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने सरकारले आजसम्म अपराधी खोजेकोसमेत छैन,” देउवाले भने, “यो सबै ओलीका कारण भइरहेको छ । गफ दिने काम नगर्ने प्रवृतिले देशमा समस्या आएको हो ।”

    राजा आऊ देश बचाऊ भन्नेलाई  

    देउवाले राजा आऊ देश बचाउन भन्नेलाई आफैँ बाच्ने काम गर्न नसक्ने राजाले देशको रक्षा नगर्ने बताएका छन् ।

    “सडकमा केही जनता निस्किएर राजा आऊ देश बचाउन भन्दैछन्, यो भ्रममा नरहन म नेपाली जनतालाई आग्रह गर्छुु,” देउवाले भने, “मैले ठूलो राजनीतिक जोखिम मोलेर ज्ञानेन्द्रलाई सहयोग गरेको थिएँ, तपाईँहरूले त देख्नुभएको छ, उनले मलाई के गरे, जेल हालिदिए । मलाई थुनामै राखे ।”

    उनले राजाका पक्षमा नारा लगाउने वातावरण पनि प्रधानमन्त्री ओलीले नै बनाइदिएको बताए ।

    “राजतन्त्र त राजा ज्ञानेन्द्रकै कारण गएको हो र अब पछि फर्कने ठाउँ पनि छैन,” देउवाले भने, “राजा ल्याउने भन्दै आन्दोलन ओली सरकारका कारण भइरहेको छ । सरकारप्रति निरासा बढाउने काम ओलीले गरिरहेको छ । त्यही कारण राजावादीहरु गणतन्त्रले राम्रो गर्दैन भन्दै जनता झुक्याउन सकिन्छ कि भनेर निस्किएका छन् ।

  • २९ मंसिर २०७७, सोमबार १६:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित