मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

वर्तमान सरकारले देशमा भ्रष्टाचार राजनितिक विखण्डन नेपाली काँग्रेशका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल
  • मार्गरेखा संवाददाता

  • डुडुवा (बाँके), ३ माघ । नेपाली काँग्रेशका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले प्रतिनिधी सभा विगठनले मुलुकमा विधीको शासनमाथी खेलवाड भएको बताउनुभएको छ । नेपाली काग्रेशले डुडुवा गाउँपालिकामा आज शनिबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रिजालले बर्तमान संबिधानको कार्यन्वयन गर्नुको साटो प्रधानमन्त्री केपी ओलीले संबिधानको खिल्ली उडाएको टिप्पणी गर्नुभयो ।
    पुर्ब सञ्चार मन्त्री समेत रहनुभएका रिजालले प्रधानमन्त्री ओलीविरुद्ध मुलुक नै सडकमा उत्रेपनि उहाँले कानमा तेल हालेर बसिरहेको भन्दै अहिलेको अवस्थामा मुलुकलाई निकास दिनुको साटो झन विष रोपेको बताउनुभयो । उहाँले वर्तमान सरकारले देशमा भ्रष्टाचार राजनितिक विखण्डन बाहेक मुलुक र जनताको हित हुने कुनै पनि काम गर्न नसकेको आरोप लगाउनुभयो ।
    विरोध सभामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले संघिय सरकारले गर्न नसेकको शिक्षा स्वास्थ्य, कृषि, महिला तथा बालबालिका र जेष्ठ नागरिकका कार्यक्रमलाई स्थानीय सरकारले नमुनाको रुपमा शुरुवात गर्न थालेको बताउनुभयो । उहाँले कुनैपनि राजनितिक दल केन्द्रीत नभई गाउँपालिकाका सम्पुर्ण जनताको हितमा सदैब अग्रसर भई कार्य गर्दै आएको बताउनुभयो ।
    विरोधसभामा पुर्ब संबिधान सभा सदस्य हमिद सिद्दिकी, प्रदेश सांसद याकुब अन्सारी, कांग्रेश बाँके सभापति किरण कोइराला, पुर्व सभापति गजेन्द्र हमाल, नेता निरञ्जनसिंह सिजापति, रमेश गुप्ता लगायतले बोल्नुभएको थियो ।
    त्यस अवसरमा नेकपा, जनता समाजबादी पार्टी, राप्रपा लगायत पार्टी परित्याग गरेका डुडुवा गाउँपालिका वार्ड नंं १ देखि ६ सम्मका गरि दुई सय ९८ जना कांग्रेश पार्टीमा प्रबेश गरेको क्षेत्र नं. २ का सभापति रमेश गुप्ताले जानकारी दिनुभयो ।

  • ३ माघ २०७७, शनिबार १९:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित