मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भारतमा कोरोना भाइरस पछिल्लो २४ घण्टामा तीन लाख भन्दा बढि संक्रमित थपिए
  • मार्गरेखा संवाददाता

  • भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन लाख भन्दा बढि संक्रमित थपिएका छन् ।

    पछिल्लो २४ घण्टामा तीन लाख १४ हजार नयाँ संक्रमित थपिँदा कोभिड–१९ का कारण २१ सय चारजनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    भारतमा हाल सक्रिय संक्रमितको संख्या २२ लाख ९१ हजार भन्दा बढि पुगेको छ। अहिलेसम्म भारतमा एक करोड ५९ लाख भन्दा धेरै संक्रमित भएका छन् ।

    यस्तै कोभिड–१९ बाट एक लाख ८४ हजार भन्दा धेरै भारतीयको ज्यान गएको छ।

    कोरोना भाइरसको संक्रमणसँगै भारतमा खोप अभियान पनि तीव्र रुपमा जारी छ। अहिलेसम्म १३ करोड २३ लाख भन्दा धेरै खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • ९ बैशाख २०७८, बिहीबार १२:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित