मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्ज उप-महानगरपालिकाले सरकारले अनुमति दिएमा नगरबासीका लागि आवश्यक खोप खरिद गर्ने निणर्य
  • मार्गरेखा संवाददाता

  •  

    मन्जु सिटाैला  नेपालगञ्ज, जेठ २६ । नेपालगञ्ज उप-महानगरपालिकाले छिटो भन्दा छिटो सम्पूणर् नगरबासीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन आवश्यक पहल गर्ने निणर्य गरेको छ ।

    नगरप्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बुधबार बसेको नगर कार्यपालिका बैठकले सरकारले अनुमति दिएमा नगरबासीका लागि आवश्यक खोप खरिद गर्ने निणर्य गरेको छ । बैठकले हिमानी कोषले नेपालगञ्जकाल लागि आवश्यक जोनसन एण्ड जोनसन कम्पनीको खोप निशुल्क उपलब्ध गराउन प्रस्ताव गरे अनुसार सो प्रस्ताव स्वीकृति गर्ने निणर्य गरेको छ । हिमानी कोषले नेपालगञ्जका लागि आवश्यक खोप उपलब्ध गराउन सक्ने प्रस्ताव नेपालगञ्ज उपमहानगरपालिकालाई गरेको छ । नगर उपप्रमुख उमा थापा मगरका अनुसार छिटो भन्दा छिटो सम्पूणर् नगरबासीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन उप-महानगरपालिकाले पहल गर्न थालेको हो ।

    कोभिड विरुद्धको खोप अन्य संघ संस्थाले पनि उपलब्ध गराउन चाहेमा स्वीकृत दिने बैठकले निणर्य गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालका अनुसार बैठकले सरकारलाई छिटो भन्दा छिटो कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।

  • २६ जेष्ठ २०७८, बुधबार १८:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित