मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

निर्देशक शोभित बस्नेतको नयाँ चलचित्र ‘डाँडाको बरपीपल’मा अभिनेता भुवन केसी अनुवन्धित
  • मार्गरेखा संवाददाता

  • निर्देशक शोभित बस्नेतको नयाँ चलचित्र ‘डाँडाको बरपीपल’मा अभिनेता भुवन केसी अनुवन्धित हुनुभएको छ ।
    निशेषधाका कारण रोकिएको चलचित्र छायाङ्कन यही भदौ ५ गतेबाट सुरु गर्ने निर्माण पक्षले जनाइएको छ ।

    चलचित्रमा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञानकुमारलगायत अभिनय गर्ने भएको छ । करिब १६ वर्षपछि केसी र शिव श्रेष्ठले सहकार्य गर्न लाग्नुभएको हो ।

    बुढा सुब्बाको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा नवराज गिरीले निर्माण गर्नुभएको हो । रामकाजी घिमिरेको लेखन रहेको चलचित्रमा सुशान्त प्रजापतिको छायाङ्कन, शिव मुखिया र एलिश कार्कीको सङ्गीत, रोशन श्रेष्ठको द्वन्द्व रहेको छ ।

  • २८ श्रावण २०७८, बिहीबार १९:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित