मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गुलेली कान्छाले ल्याए “न भाले न पोथी”
  • मार्गरेखा संवाददाता

  • बाँके कोहलपुरका कलाकार प्रकाश कडेल “गुलेली कान्छा” ले यस वर्षको गाइजात्रे कोशेली बजारमा ल्याएका छन् । “न भाले न पोथी” नामको जाइजात्रे प्रस्तुती कलाकार गुलेली कान्छाले दर्शक श्रोतामाझ ल्याएका हुन् । भुवन भट्टराई र अमित कडेलकोे लेखन तथा आफ्नै परिकल्पना र निर्देशनमा कलाकार कडेलले बजारमा ल्याइएको “न भाले न पोथी” सामाजिक सञ्जाल यु ट्युवमा चर्चा बटुल्ने क्रममा छ ।
    गाइजात्रामा बिमल पाठक, प्रकाश कंडेल, नम्रता शर्मा, लक्ष्मण नेपाली, हरी ज्ञावाली, सागर पराजुली लगाएत कलाकारको अभिनय रहेको छ । करिब १५ मिनेटको गाइजात्रे प्रस्तुतीमा वर्तमान राजनीतिक परिवेशमा केन्द्रित रहेर प्रहशन तथा प्यारोडी गीतमार्फत व्यङ्ग्य गरिएको छ । कलाकार गुलेली कान्छा यो गाई जात्रा मनोरञ्जन साथै समाजका बिकृती र बिसङ्गतिलाई पर्दामा प्रस्तुत गर्दै यस्ता बिकृती अन्त्य गर्न गाईजात्राले केही भुमिका खेल्ने बताउँछ्न । यो गाईजात्रा मनोरञ्जनात्मक र चेतनामूलक हुने कुरामा आफ्नो टीम विश्वस्त रहेको कलाकार गुलेली कान्छा बताउँछन् । कलाकार गुलेली कान्छा चर्चित हास्ँय टेलिसिरियल मेरी बास्सै लगाएत दर्जन बढि म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

  • १ भाद्र २०७८, मंगलवार १२:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित