मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

साउनी कार्की हत्याका अभियुक्त सार्वजनिक
  • मार्गरेखा संवाददाता

  • कोहलपुर नगरपालिका वडा नम्बर ११ की ८२ वर्षीया साउनी कार्कीको हत्यामा संलग्न भनिएका एक स्थानिय युवालाई कोहलपुर प्रहरीले सार्वजनिक गरेको छ ।
    कोहलपुर नगरपालिका वडा नं. १२ चप्परगौडी बस्ने सन्तोष थापा चाइनिजलाई घटनाको मुख्य आरोपी रहेको सबै आवश्यक प्रमाण प्रहरीले संकलन गरेर घटनामा थापाको संलग्नता पुष्टि भएको भन्दै शोमवार कोहलपुर प्रहरीले पत्रकार सम्मेलन गरेर थापालाई सार्वजनिक गरेको हो । वाईसीएल बाँकेका संयोजक समेत रहेका आकाश कार्कीको आमा साउनी कार्कीको हत्या थापाले नै गरेको पकोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रविन्द्र खनालले बताएका छन् । प्रहरी नायब उपरीक्षक खनालका अनुसार धाराको ह्याण्डीलले टाउकोमा हानेर कार्कीको हत्या भएको अनुसन्धानबाट पुष्टि भएको छ । आफ्नै ओछ्यानमा सुतिरहेको अवस्थामा कार्कीको हत्या गरी हत्याराले उनको साथमा रहेको गरगहना र केही नगद समेत लगेर गएको पत्रकार सम्मेलनमार्फत प्रहरीले बताएको छ ।
    प्रनाउ खनालले पोष्ट मार्टम रिपोर्ट र प्राप्त प्रमाणका आधारमा थापालेनै कार्कीको हत्या गरेको बताए । थापा यस अघि पनि बिभिन्न आपराधीक घटनमा संलग्न रहेको र बिभिन्न लागु औषधको प्रयोगकर्ता रहेको बताइएको छ । पक्राउ परेका थापाले हत्या पछि लुटिएको सुनको गहना जन्तर भारतको रुपैडियाका राकेश बर्मालाई ७ हजार ५ सयमा बिक्रि गरेको स्विकार गरेको डिएसपि खनालले जानकारी दिए । पत्रकार सम्मेलनमा खनालले थापालाई हदै सम्मको मागदावी सहित मुद्धा दायर गरिने जानकारी दिए ।
    जेठ १० गते भरैयामा भएको सोही प्रकृतिका घटनामा समेत थापाको सम्लग्नता रहेको प्रमाणित भएपछि प्रहरीले कार्कीको हत्या घटनासँग भरैया घटनालाई जोडेर सुक्ष्म अनुसन्धान गर्दा अपराधीको पहिचान गर्न सफल भएको प्रनाउ खनालले बताएका छन् । भरैयामा आप्mनो घरमा सुतिरहेको अवस्थामा एक महिलालाई समेत धाराको हत्थाको प्रयोग गरि हत्या प्रयास भएको थियो ।

  • ७ भाद्र २०७८, सोमबार १७:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित