मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

क्रियाशील सदस्यता सूची सार्वजनिक नगरिए भदौ १८ गतेदेखि गर्ने भनिएको वडा अधिवेशन रोक्ने चेतावनी
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता सूची सार्वजनिक नगरिए यही भदौ १८ गतेदेखि गर्ने भनिएको वडा अधिवेशन रोक्ने चेतावनी दिएका छन् । उनीहरूले दुई दिनभित्र सदस्यता सूची सार्वजनिक गरे मात्र अधिवेशन गर्न दिने बताएका छन् ।

    संस्थापनइतरका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न माग गर्दै केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका छन् । उनीहरूले क्रियाशील विवाद समाधान समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेका छन् ।

    “दुई दिनभित्र सार्वजनिक नभए हामी अधिवेशन हुन दिँदैनौँ,” कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले भने ।

    धर्ना सुरु गरेका जिल्ला सभापतिहरूले प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे  सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै सूची सार्वजनिक गर्न माग गरेका हुन् । केही त्रुटि तथा कमी–कमजोरी भए पार्टीको विधानानुरूप छानबिन गरेर सूचीलाई अन्तिम रूप दिन पनि जिल्ला सभापतिहरूले माग गरेका छन् ।

    पासवोड दुरुपयोग गरेर संस्थापन पक्षले आफूनिकटको नाम थप्ने र इतरको नाम हटाएको आरोप लामाले लगाए । “जहाँ संस्थापन कमजोर छ, त्यहाँ हाम्रो पक्षका सदस्यहरूको नाम काटिएको छ,” उनले भने ।

    लामाका अनुसार सिन्धुपाल्चोकमा मात्र करिब एक हजार ३०० नयाँ क्रियाशील सदस्य थपिएको छ । “कतिको नाम काटियो भन्ने हिसाव नै छैन,” लामाले भने ।

    सुर्खेत सभापति कमलराज रेग्मीले पार्टी समायोजनको आडमा अर्को दलबाट आएको नाममा संस्थापन पक्षले आफूनिकट कार्यकर्ता थप्ने काम गरेको बताए ।

    “मेरो जिल्लामा अखण्ड नेपालबाट आएको भन्दै करिब २०० नाम थपिएको छ,” उनले भने, “जबकि, यहाँ अखण्ड नेपाल पार्टी नै छैन । क्रियाशील पाएका स्वयम्ले म त्यो पार्टीको होइन भनिरहेको छ ।”

    नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले आज साँझसम्म सूची सार्वजनिक नगरे भोलिदेखि नयाँ स्वरूपको आन्दोलन गर्ने बताए । “मोडल हामी बसेर तयार पार्छौैँ, भोलिबाट अझ सशक्त ढंगले आउँछौँ ।

  • ८ भाद्र २०७८, मंगलवार १६:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित