मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

थप २४८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ– नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ७११ पीसीआर परीक्षण गर्दा १ हजार ८६२ जना र ५ हजार ५७९ एन्टिजेन परीक्षण गर्दा ६२० जनामा संक्रमण पुष्टि भएको हो।

    यस्तै थप ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यसमा पछिल्लो २४ घण्टामा मृत्यु भएका र केही दिनअघि नेपाली सेनाले शव व्यवस्थापन गरेको संख्या समेत जोडिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    बुधबार १ हजार ७८१ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  • ९ भाद्र २०७८, बुधबार १७:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित