मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अफगानिस्तान विमानस्थलमा बम विस्फोट : मृत्यु हुनेको संख्या ६० पुग्यो
  • मार्गरेखा संवाददाता

  •  अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा बिहीबार भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या बढेको छ ।

    बम विस्फोटमा परी ६० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बीबीसीका अनुसार विस्फोटमा मृत्यु हुनेमध्ये १३ जना अमेरिकी नागरिक रहेका छन् ।

    अफगानस्थान छोड्न विमानस्थल परिसरमा मानिसहरूको ठूलो भिड जम्मा भएका बेला उनीहरूलाई नै लक्षित गरी विस्फोट गराइएको बताइएको छ ।

    उनीहरु अमेरिकाले ल्याएको जहाजमा अफगानिस्तान छोड्न लागेका थिए ।

    यसअघि नै अमेरिका र बेलायतले आतंकावादी हमला हुनसक्ने भन्दै चेतावनी जारी गरेका थिए ।

  • ११ भाद्र २०७८, शुक्रबार ०९:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित