मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अमेरिक राष्ट्रपति जो बाइडनले हमलाकारीलाई नछाड्ने चेतावनी
  • मार्गरेखा संवाददाता

  • अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थलमा भएको आतंकवादी हमलापछि अमेरिका क्रूध भएको छ। बिहीबार साँझ भएका दुई विस्फोटमा ६० जनाको ज्यान गएको छ ।

    चार अमेरिकी सैनिकसहित १३ जना आफ्ना नागरिक मारिएपछि राष्ट्रपति जो बाइडनले हमलाकारीलाई नछाड्ने चेतावनी दिएका छन् । पेन्टागनका अनुसार अमेरिकी सैनिकका लागि यो हमला सन् २०११ यताकै सबैभन्दा खतरनाक हो। बाइडनले भनेका छन्,’यो हमलाको पछाडि जो सुकै होस्, हामी पत्ता लगाएरै छाड्ने छाै‌ं। यसको मूल्य हमलाकारीले चुकाउनुपर्नेछ । हामी माफ गर्ने छैनाैं।’

    अमेरिकीलाई आफ्नो काममा आतंकवादीले राेक्न नसक्ने बताउँदै उनले काबुलमा अमेरिकी मिसन नरोकिने बताएका छन् । मान्छेलाई सुरक्षित साथ अफगानिस्थानबाट बाहिर निकालिने उनले बताए । बिबिसीका अनुसार काबुल विमानस्थलको हमला इस्लामिक स्टेट समूहले लिएको छ ।

    उद्दार कार्य रोकिन्नः बाइडेन

    अमेरिकी राष्ट्रपति जोन बाइडेनले काबुलमा तालिवान हमलाका बाबजुद अमेरिकाले आफ्ना नागरिकलाई स्वदेश फर्काउने बताएका छन् । राजधानी काबुलममा जिहादीको बम हमलापछि बाइडेनले आफ्ना नागरिकको उद्दार कार्य जारी राखिने बताएका हुन् । ‘काबुलबाट हाम्रा नागरिकलाई स्वदेश फर्काउने अभियान हामीले पूरा गर्छौं’ बाइडेनले भने ।

    गत अगस्टमा तालिवानले सत्तापलट गरेपछि अहिलेसम्म १ लाख मानिस काबलु विमानस्थलबाट बाहिरिएका छन् । अझै हजारौं मानिस स्वदेश फर्किन काबुल विमानस्थलमा पालो कुरेर बसिरहेका छन् । स्वदेश फर्किने विदेशी सेनासँगै देश छोड्न चाहने अफगानीका कारण काबुल विमानस्थल अस्तव्यस्त बनेको छ । तालिवानले सर्वसाधरण नागरिकलाई विमानस्थलमा जान रोक लगाएको लगाउँदै आएको छ ।

  • ११ भाद्र २०७८, शुक्रबार ०९:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित