मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अन्तरिम सरकार तालिबानले घोषणा गर्‍यो कट्टरपन्थीलाई महत्वपूर्ण जिम्मेवारी
  • मार्गरेखा संवाददाता

  • तालिबानले अफगानिस्तानमा आफ्नो नेतृत्वमा अन्तरिम सरकारको घोषणा गरेका छन् । तालिबानले अफगानिस्तानलाई ‘इस्लामिक इमिरेट्स’ पनि घोषित गरेको छ ।

    नयाँ मन्त्रीपरिषदका सबै सदस्य पुरुष छन् । मन्त्रीपरिषदमा रहेका सदस्यहरु तालिबान शीर्ष नेताहरु हुन् । मन्त्रीपरिषदमा सामेल हुनेमा अमेरिकाको दुई दशक लामो सैन्य अभियानको क्रममा उनीहरुमाथि आक्रमण गर्ने वा योजना बनाउने कुख्यात आक्रमणकारी पनि छन् ।

    तालिबानका संस्थापक मध्ये एक मुल्लाह मोहम्मद हसन अखुन्दीको नेतृत्वमा तालिबानले सरकार घोषणा गरेको हो । अखुन्दी संयुक्त राष्ट्रसंघको कालोसूचिमा छन् ।

    यस्तै तालिबानले आन्तरिक मामिला मन्त्रीका रुपमा जिम्मेवारी दिएका नेता अमेरिकाको संघीय अनुसन्धान व्युरो (एफबिआई) को ‘वान्टेड’ सूचिमा छन् । तालिबानले कक्कानी समूहका नेता सिराजुद्दिन हक्कानीलाई आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी दिएको हो ।

    तालिबानले गएको अगस्ट १५ मा अफगानिस्तानको अधिकांश क्षेत्रमा कब्जा जमाएको हो । उसले यसअघिको निर्वाचित सत्तालाई हटाएर आफ्नो नेतृत्वमा सरकार गठन गरेको हो ।

    अफगानिस्तानमा तालिबानको स्थायी सरकार बनाउनका लागि अहिलेको अन्तरिम सरकार महत्वपूर्ण रहने तालिबानले बताएको छ । नयाँ सरकारलाई स्थिरतासँगै आर्थिक स्थायित्व र अन्तर्राष्ट्रिय समुदायको मान्यता लिने चुनौति छ ।

    तालिबानले यसअघि आफूहरु समावेशी सरकार बनाउन चाहेको बताएको थियो । तर मंगलबार घोषणा गरिको सरकारका सबै सदस्य भने पुरुष रहेका हुन् ।

    तालिबानका सर्वोच्च नेता मौलवी हिबातुल्लाह अखुन्दजादाले जारी गरेको वक्तव्यमा तालिबान सरकारलाई अफगानिस्तानमा शरिया कानून लागु गर्न भनिएको छ ।

    तालिबान आपसी सम्मान र संवादका आधारमा सबै छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायसँग बलियो तथा स्वस्थ सम्बन्ध राख्न चाहने उल्लेख छ । देशको राष्ट्रिय मूल्य र इस्लामिक कानूनसँग नबाझिने सबै अन्तर्राष्ट्रिय कानून र सन्धिहरु मान्ने पनि सो वक्तव्यमा उल्लेख छ ।

  • २३ भाद्र २०७८, बुधबार १२:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित