मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विपक्षीको नाराबाजीबीच प्रतिनिधिसभाबाट बजेट पारित
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ — विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच प्रतिनिधिसभाले २०७८/०७९ को बजेट पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए ।

    बजेट पारित पारित भएसँगै सरकारलाई खर्च गर्नका लागि बाटो खुलेको छ । अध्यादेशको समय गत बुधबार सकिएपछि खर्च गर्न बन्देज लागेको थियो ।

    सभामुख अग्निप्रसाद सापकोटाले बहुमतले बजेट पारित भएको बताए ।

    अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयकमा सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालूतर्फको खर्च १० प्रतिशत कटौती गरिएको छ ।

    बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले कोभिड–१९ प्रभावितको जीवनरक्षा र शिथिल अर्थतन्त्रको पुनरुत्थानका लागि बजेट अभाव हुन नदिने बताएका थिए ।

    अहिलेसम्म ५७ लाख ३० हजारले पहिलो मात्रा र ५१ लाखले दुवै मात्रा प्राप्त गरिसकेका छन् । सरकारले कोभिड १९ खोप खरिदको स्रोतको अभाव नहुने जनाएको छ । संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते बजेट अध्यादेश ल्याएका थिए ।

  • ४ आश्विन २०७८, सोमबार १२:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित