मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सन्तानेश्वर मन्दिरको खानेपानी व्यवस्थापनमा एक लाख रुपैया सहयोग
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज – साइकल अभियान्ता एवं युवा नेता सतिश निरौलाले बाँकेको नरैनापुरमा रहेको सन्तानेश्वर मन्दिरको खानेपानी व्यवस्थापनमा एक लाख रुपैया सहयोग गर्नु भएको छ ।
    सन् २०२१ को कोराअन्तर्गत सय किलोमिटर साइकल चलाउने क्रममा अभियान्ता निरौलाले एक किलोमिटर साइकल चलाएको एक हजार स्पोन्सर गर्न आव्हान गर्नु भएको थियो । त्यो आव्हानमा कसैले एक किलोमिटर त कसैले दश किलोमिटरको स्पोन्सर गरेका थिए । ५८ जनाबाट संकलन भएको एक लाख रुपैया निरौलाले सोमबार नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामार्फत मन्दिरका मूल महन्त योगानन्द गिरीलाई हस्तान्तरण गर्नुभयो ।
    पछिल्लो समयमा चर्चामा आएको सन्तानेश्वर मन्दिरमा खानेपानीको अभाव रहेको छ । करिव एक किलोमिटर तल झरेर पानी लैजानु पर्छ । मन्दिर नजिक रहेको दिब्यदर्शी आश्रममा मूल महन्त गिरीलगायत बस्नुहुन्छ । खानेपानीका लागि ठूलो समस्या देखेपछि आफूले कोराका बेलामा सहयोग अभियान थालेर सहयोग जुटाएको निरौलाले बताउनुभयो ।
    कोरा भन्नाले धार्मिकस्थलहरुको परिक्रमा भन्ने बुझिन्छ । कोराअन्तर्गत निरौलाले नेपालगञ्जका मठमन्दिरको परिक्रमासँगै कोहलपुर, बर्दियाको बाँसगढीको केदारेश्वर धाम, सतखलवा, जब्दीघाट, गुलरियाको परिक्रमा गर्नु भएको थियो ।

  • ४ आश्विन २०७८, सोमबार १९:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित