मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेस सभापति देउवाको गृहजिल्लामा कांग्रेस कार्यकर्ता रिले अनशनमा
  • मार्गरेखा संवाददाता

  • डडेल्धुरा – कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेस नेता तथा कार्यकर्ताले रिले अनशन सुरु गरेका छन्।

    पक्षपातपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरण गरेर आफूहरूको सहभागिता बिना जबर्जस्ती वडा अधिवेशन गराइएको भन्दै उनीहरू बिहीबारदेखि रिले अनशनमा बसेका हुन्।

    वडा अधिवेशन प्रक्रिया रद्द गर्न केन्द्रीय कार्यसमिति र केन्द्रीय निर्वाचन समितिमा औपचारिक जानकारी गराए पनि कुनै सुनुवाइ नहुँदा बाध्य भएर अनशनमा बस्नुपरेको डडेलधुरा कांग्रेसका उपसभापति करूणाकर भट्टले बताए।

    क्रियाशील विवाद टुंगो लगाउन, सम्पन्न भएको वडा अधिवेशनलाई मान्यता नदिनलगायत माग अघि सारेर जिल्लास्थित पार्टी कार्यालयमा उनीहरू अनशनमा बसेका हुन्।

    जिल्लाबाट पठाइएको क्रियाशील सदस्यहरूको नाम काटेर पार्टी सभापति देउवाको निर्देशनमा केन्द्रबाट नाम थप गरिएको डडेल्धुरा कांग्रेसका सभापति कर्ण मल्ल, उपसभापति भट्टलगायत पदाधिकारीले आरोप लगाउँदै आएका छन्।

    क्रियाशील सदस्यता वितरणमा विवाद सिर्जना भएपछि विवाद नटुंगिएसम्म जिल्ला कार्यसमितिले वडा अधिवेशन स्थगन गर्ने निर्णय गरेको थियो। तर, निर्वाचन समितिले जिल्ला कार्यसमितिको निर्णयलाई अटेर गर्दै डडेल्धुरामा भदौ २५ गते वडा अधिवेशन गरेको थियो।

    यता, जिल्ला सभापति, उपसभापतिलगायत पदाधिकारीले भने वडा अधिवेशन बहिष्कार गरेका थिए।

  • ७ आश्विन २०७८, बिहीबार १८:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित