मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली काँग्रेस कोहलपुर नगर सभापतिका लागि स्थापन इतर पक्षले बिरेन्द्र शाह काे उम्मेदवार घाेषण
  • मार्गरेखा संवाददाता

  • नेपाली काँग्रेस कोहलपुर नगरको संस्थापन इतर पक्षले पार्टीको आसन्न महाधिवेशनका लागि उम्मेद्वार घोषणा गरेको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि नेपाली काँग्रेसको इतर पक्षले कोहलपुर नगर कार्य समितिका विभिन्न पदहरुमा उम्मेद्वारी घोषणा गरेको छ । दशैं पछि बाँके जिल्लामा नेपाली काँग्रेसले महाधिवेशन गर्ने भएको छ । कोहलपुरमा एक भेलाको आयोजना गरी नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि नेपाली काँग्रेस कोहलपुर नगरकार्य समितिको सभापति पदमा बिरेन्द्र कुमार शाह, उपसभापतिमा अंशु चौधरी र सचिवमा शुसिल सापकोटाको उम्मेद्वारी घोषणा गरिएको छ । अन्य बाँकी पदहरुमा उम्मेद्वारी घोषणा केहि दिन भित्र गर्ने तयार सो पक्षले गरेको पाईएको छ ।
    साथै सो पक्षले वडा सभापति र अन्य पदाधिकारीहरुको उम्म्ेद्वारी पनि घोषणा गरेको छ । नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नं. २ को वडा सभापतिमा बालकुमार शर्मा, वडा नं. ३ को वडा सभापतिमा गणेश थापा, वडा नं. ४ मा महेन्द्र थापा, वडा नं. ५ मा अमृत श्रेष्ठ, वडा नं. ६ मा रामकिसुन थारु, वडा नं. ७ मा पतिराम थारु, वडा नं. ८ मा बेल बहादुर बस्नेत, वडा नं. ९ मा मान बहादुर राना, वडा नं. १० मा मेघनाथ भट्टराई, वडा नं. ११ मा प्रताप देवकोटा, वडा नं. १२ मा केश कुमारी वली, वडा नं. १३मा कालि बहादुर वली र वडा नं. १५ मा दिपेन्द्र थारुलाई वडा सभापति पदमा उम्मेद्वारी घोषणा गरिएको छ । यस साथै सो पक्षले वडा नं. १ र वडा नं. १४ मा केहि दिन भित्र उम्मेद्वारी घोषणा गर्ने तयारी गरेको पाईएको छ ।
    नेपाली काँग्रेस कोहलपुरको महाधिवेशनमा संस्थापन र संस्थापन इतर पक्ष गरी दुई टिम बिच प्रतिस्पर्धा हुने भएको छ । संस्थापन इतर पक्षले बिरेन्द्र शाहलाई घोषणा गरिसकेको छ भने संस्थापन पक्षले पनि केहि दिन भित्र उम्मेद्वारीहरुको नाम सार्वजनिक गर्ने बताईएको छ ।  साे घाेषण सभामा नेपाली काँग्रेस का नेता  नारायण सिग्देल रायण गाैडेल, नेपाली काँग्रेस काेहलपुर नगर सभापति बलराम शर्मा, नेपाली काँग्रेस बाँके सचिव तप्त पाैडेल जिल्ला  सदस्य चिन्तामणी धिताल ,पवन शाह, महिला नेतृ मिना सिग्देल नेपाली काँग्रेस बाँके क्षेत्र न १ का पुर्व अध्यक्ष  नर बहादुर मल्ल नेपाली काँग्रेसका युवा नेता पाेषण के सी लगायतकाे उपस्थित रहेकाे थियाे ।

  • १६ आश्विन २०७८, शनिबार २१:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित