मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गजेन्द्र हमाल कांग्रेस हो, कांग्रेसकै कोटाबाट मन्त्री हुनुभयो : प्रचण्ड
  • मार्गरेखा संवाददाता

  • २३ असोज, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गजेन्द्र हमाल नेपाली कांग्रेसको कोटाबाट मन्त्री बनेको बताएका छन् ।

    सांसदसमेत नरहेका र पछिल्लो समय राजनीतिमा निष्क्रिय जस्तै हमाल शुक्रबार उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएका थिए ।

    हमाल प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाका जेठान हुन् । उनी राणाकै कोटाबाट मन्त्री बनेको आरोप लागेपछि चितवन पुगेका प्रचण्डले हमाल कांग्रेसकै नेता भएको र कांग्रेसकै कोटाबाट मन्त्री बनेको जिकिर गरेका हुन् ।

    हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री भएको भन्ने कुरा गलत भएको उनले बताए । र, सांसद नभएका व्यक्ति मन्त्री हुनु नयाँ कुरा नभएको  उनको भनाइ छ।

    भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले चितवन जस्ता जिल्लामा समझदारीका साथ गठबन्धन बनाएर निर्वाचनमा जाने पनि बताएका छन् ।

  • २३ आश्विन २०७८, शनिबार १३:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित