मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

किन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी आन्दोलित हुन्छन्
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । तलव वृद्धि, भत्तालगायतका विभिन्न सात बुदे माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

    कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी संघ तथा कर्मचारी यूनियनको संयुक्त नेतृत्वमा आजदेखि कर्मचारीहरु हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएको आन्दोलन परिचालन समितिका संयोजक यम बहादुर खड्काले जानकारी दिए ।

    आन्दोलनबारे जानकारी दिन आज आयोजना गरिएको पत्रकारसम्मेलनमा संयोजक खड्काले माग सम्वोधन नभए भोलि मंगलवार प्रशासनिक कार्यालयहरुमा तालाबन्दी गरिने बताए । यस्तै पर्सि बुधवार आपतकालिन सेवा बाहेकका कार्यहरु बन्द गरिने पनि उनले बताए । तलवभत्ता वृद्धि हुनुपर्ने, दरवन्दी सिर्जना, पदपूर्ति र बढुवा हुनुपर्ने, अवकाश, उपदान, बीमा, सामाजिक सुरक्षा कोषलाई व्यवस्थित र प्रभावकारी गराइनु पर्नेलगायतका माग उनीहरुको छ ।

    व्यवस्थापन पक्षले भने कर्मचारीका माग तत्काल पूरा गर्न नसकिने स्पष्ट पारेको छ । मेडिकल कलेजका निर्देशक डा सुरेश कनोडियाले कर्मचारीका माग जायज भएपनि तत्काल पूरा गर्न सकिने अवस्था नरहेको बताए ।

  • १ कार्तिक २०७८, सोमबार १६:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित