मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आफु पदमा रहँदा वा नरहदा सम्म जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता वन, वातावरणतथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमाल
  • मार्गरेखा संवाददाता

  •  काेहलपुर कात्तिक १ ।  लुम्बिनी प्रदेशका नवनियुक्त वन, वातावरणतथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले  नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले जनताको मन दिल जितेर आगामी तिन वटै तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाउन तर्फ लाग्न अनुराेध गरेका छन । साे कुरा बन मन्त्री  हमालले  प्रदेश मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला आएका हमाललाई नेपाली काँग्रेस कोहलपुर नगरद्धारा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई संम्बाेधन गदै बताएका हुन   । हमालले  नेपाली काँग्रेस शासक नभएर जनताको सेवक भएको बताउदै आफु पदमा रहँदासम्म जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता  व्यक्त गरेका छन ।

     बन मन्त्री हमालले  बाँके जिल्लालाई पर्यटकिय हबका रुपमा विकास गर्नका लागि कोहलपुरमा आधुनिक चिडियाखाना निर्माण आवश्यक रहेको बताएका छन् । साथै उनले मुलुकको आर्थिक विकासका लागि पार्टीले लिएको विचारलाई सरकारमा रहँदा सोहि अनुसारको काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । कार्यक्रममा नेपाली काँग्रेस नेता तथा कार्यकताहरुको सहभागिता रहेको थियो ।

  • १ कार्तिक २०७८, सोमबार १९:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित