मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके जिल्ला लुम्बीनी प्रदेश बासीहरु को शिर उच्च राख्ने कार्य गर्ने लुम्बीनी प्रदेशका बन बाताबरण तथा भु संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमाल
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज कात्तिक ४ । नेपाली काँगेसका नेता एवम लुम्बीनी प्रदेशका बन बाताबरण तथा भु संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले बाँके जिल्ला लुम्बीनी प्रदेश बासीहरु को शिर उच्च राख्ने कार्य गर्ने बताएका छन ।
    सो कुरा नेपाल लोकतान्त्री खेलकुद संघ लुम्बीनी प्रदेश समितीले नेपालगन्जमा बहिबार आयोजित स्वागत बधाई तथा शुभकामना कार्यक्रमलाई संम्बोधन गदै बताएका हुन ।
    मन्त्री हमालले देशलाई बिश्व भरि चिनाउने खेलकुद परम्परागतरुपमा अघिबढिरहेको हुनाले खेलकुदले फाट्को मार्न नसकेको बताउदै खेलकुदलाई अब परम्परागतबाट हटाएर बैज्ञानिक रुपमा खेलाडीहरुलाई प्रशिक्षण गराउने कार्यमा सबै अग्रसर भई अघि बढेमात्र खेलकुदको बिकाश हुने बताउदै मन्त्री हमालले खेलकुदको बिकाशका लागी खेलकुदको नेतृत्व लोकतान्त्रीक खेलाडी लिनु पर्ने बताए ।
    बनमन्त्री हमालले बैमौसमी बर्षाले किसानहरुको अन्नबाली ठुलो क्ष्ति गराएको हुनाले तत्काल किसानहरुलाई आवश्यक क्षतिपुर्ति दिनका लागी पहल गर्ने बताउनु भयो ।
    नेपाल लोकतान्त्री खेलकुद संघ लुम्बीनी प्रदेशका अध्यक्ष नरेन्द्र थापाको सभापतित्वमा भएको स्वागत बधाई तथा शुभकामना कार्यक्रमा नेपाली काँग्रेस बाँके सभापति किरण कोईराला,नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा,बाँके जिल्ला खेलकुद संघका अध्यक्ष मोहित शाह,बरिष्ठ खेलाडी गोर्बधन सम्झना, खेलकुद पत्रकार टिएस ठकुरी, खेलाडी ,प्रशिक्षक लगायतले मन्त्री स्वागत बधाई तथा शुभकामना दिएका थिए ।

  • ४ कार्तिक २०७८, बिहीबार १३:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित