मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आफ्नो टिमबाट एउटै उम्मेदवारको टुंगो लगाइने बरिस्ठ नेता पाैडेल
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न पार्टीको १४ औं महाधिवेशनमा आफ्नो टिमबाट अन्य नेताले पनि आकांक्षा राखेको भएपनि अन्तिममा एउटै उम्मेदवारको टुंगो लगाइने स्पष्ट बताएका छन ।

    नेपाल प्रेस युनियन बाँकेले सोमबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बरिस्ठ नेता पाैडेलले आफु १३ औं महाधिवेशनको पनि उम्मेदवार भएकाले यसपटक आफ्नो टिमबाट आफुलाई सबैले सर्वसम्मत उम्मेदवार बनाउने आशा ब्यक्त गदै  सभापतिको स्वभाविक उम्मेदवार हुने बताएका छन् ।  पत्रकारहरूकाे एक प्रश्न काे जवाफ दिदै  पाैडेल  अधिवेशन नहुँदा पार्टी संकटमा पर्न सक्ने बताउदै  ‘दसै अगाडी नै कार्यसमिति बैठक बोलाउनुुस्, पार्टीको अधिवशेशन कसरी समयमा गछौं, छलफल गरौं भनेर मैले भनेको हुँ, अहिलेसम्म कार्यसमिति बैठक बस्न सकेको छैन । बरिस्ठ नेता पाैडेले  अधिवेशन नहुँदा पार्टी बैधानिक संकटमा परेको अवस्था छ ‘बैधानिक संकटबाट कांग्रेसलाई उतार्नुपर्छ, यही चुनौतीको घडीमा हामी छौं ।’

    संविधानलाई कार्यान्वयन गर्ने दायित्व कांग्रेसले नै पुरा गर्नुपर्ने उनको भनाइ छ । पार्टीको अधिवेशन कार्यतालिका अनुसार हुन नसकेको भन्दै वरिष्ठ नेता पौडेलले चुनावी कार्यतालिका यताउता भएपछि संकट आउन सक्न भनेर आफुले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै आएको बताए ।

    कम्युनिष्ट पार्टीको नेतृत्वले राम्रो काम नगर्दा र मुलुकलाई अधिनायकवादतर्फ लैजादा सरकारलाई हटाउन बाध्य भएको बताउँदै अहिले कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरिरहँदा विगतका गल्तीलाई दोहोर्याउन नहुने पौडेलले बताए ।

    आगामी निर्वाचनमा कांग्र्रेस एक्लै चुनाव लड्छ कि गठबन्धन बन्छ भन्ने पत्रकारको जिज्ञासामा पौडेलले भने, ‘हाम्रो पार्टी एक्लै लडेर जानुपर्छ भन्ने कार्यकर्ताको भावना छ, देशको परिस्थितीले के कुराको अनुभती गर्दछ, त्यतिखेर नै निर्णय होला ।’

    प्रधानन्यायाधीशमाथी लागेको आक्षेपलाई समयमै स्पष्ट पार्नुपर्ने उनको सुझाव छ । ‘उहाँमाथी जुन किसिमको आक्षेप लागेको छ, त्यसलाई प्रष्ट पार्नुपर्छ, चाहे प्रधानमन्त्री, चाहे प्रधानन्यायाधीश चाहे राष्ट्रपति, उहाँहरुले आफुलाई आत्मा अनुशासित राख्नुपर्छ, केही कुरा बाहिर आएपछि प्रष्ट पारेर परिस्थतीबाट सफाई दिनुपर्छ ।’ नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा पत्रकार भेटघाट सम्पन्न भएको हो ।

    पश्चिम क्षेत्रका बाढी तथा पहिरो पीडितको अवस्था बुझ्न तथा पार्टीका नेता, कार्यकर्तालाई भेटघाट गर्नका लागि आइपुगेका वरिष्ठ नेता पौडेल बाँकेका कार्यकर्तालाई सम्बोधन गरेर सोमबार नै काठमाडौं फर्किनेछन् । नेपाली कांग्रेस बाँकेले आयोजना गरेको कार्यकर्ता भेलालाई पौडेलले सम्बोधन गर्दैछन् ।

  • ८ कार्तिक २०७८, सोमबार १०:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित