मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेकाे डुडुवा गाउँपालिकाको वडा नं. ५ बालविवाह मुक्त वडा घोषणा
  • मार्गरेखा संवाददाता

  • डुडुवा/ बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ लाई मंगलबार एक कार्यक्रमका वीच बालविवाह मुक्त वडा घोषणा गरिएको छ । डुडुवा गाउँपालिकाको वडा नम्बर ५ पालिकाकै पहिलो बालविवाह मुक्त वडा घोषणा भएको हो ।
    कार्यक्रममा वडाध्यक्ष बुढाथोकीले बाल विवाहमुक्त वडा घोषणा तथा प्रतिबद्धता पढेर सुनाएपछि जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तवले उक्त प्रतिबद्धतापत्र वडालाई हस्तान्तरण गरि वडालाई वालविवाह मुक्त घोषणा गरिएको थियो ।
    घोषणासभामा बाल विवाहको सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्दै स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले वडामा पछिल्लो एक वर्षमा २० प्रतिशत भन्दा कम बालविवाह भएकोले बालविवाह मुक्त घोषणा गर्न मिल्ने निर्देशिका अनुसार डुडुवा गाउँपालिका वडा नं. ५ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको थापाले बताए ।
    ‘हामी सबैको प्रतिबद्धता बालविवाह बिरुद्धको साझा प्रतिवद्धता’ भन्ने मूल नाराका साथ वडा नम्बर ५ लाई बालविवाह मुक्त वडा घोषणा सभा–२०७८ लाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तवले यस अभियानमा साथ दिने संघसंस्थाहरुलाई धन्यबाद दिँदै बालविवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व हुने बताउनुभयो । साथै उहाँले अन्य वडालाई पनि बाल विवाह मुक्त वडा बनाउन सम्बन्धित सरोकारवाला निकाय पनि सक्रिय भएर लाग्नु पर्ने बताउनुभयो ।
    सो कार्यक्रममा नेपाली काँग्रेसका वडा नं.५का वडा सभापति बेल बहादुर बोहरा, जनता समाजवादी पार्टी, क्षेत्र नं.२ का सभापति सूर्यलाल यादव, नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ्ग, स्वास्थ्य चौकीका ईन्चाज बिर बहादुर पुन, इलाका प्रहरी कार्याल, कम्दीका ईन्चार्ज गोपाल प्रसाद शर्मा, किशोरी क्लब तथा बाल क्लबका पदाधिकारी लगायत सम्बन्धित सरोकारवाला निकायको सहभागिता रहेको थियो ।
    डुडुवा गाउँपालिकाको पहिलो वडाका रुपमा वडा नम्बर ५ बालविवाह मुक्त वडा घोषणा भएको क्षण ऐतिहासिक भएको बताउँदै बालविवाह मुक्त अभियानमा स्याक नेपालले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको डुडुवा गाउँपालिकाका कार्यवाहक अध्यक्ष लिलावती यादवले बताईन् ।
    वडामा गरिएको सर्भेक्षणको आधारमा बालअधिकार संरक्षण समितिको सिफारिसमा सो वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको गाउपालिकाका वडा नं. ५ का वडा अध्यक्ष पर्शुराम बुढाथोकी जानकारी दिए । वडालाई बालविवाह मुक्त घोषणा गर्न सहयोग गर्ने सामाजिक संघसंस्था र ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

  • २३ कार्तिक २०७८, मंगलवार १९:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित